दुःखको साथी भएको छ अर्घाखाँची

 दुःखको साथी भएको छ अर्घाखाँची

सरोज भट्टराई , अच्युत भट्टराई

के तपाईंले खजाञ्चि र भगवती देवीको नाम बाट नामाकरण भएको जिल्लाको बारेमा सुन्नुभएको छ? यदि छैन भने म भन्छु अनि थाहा पाउनु नेछ। चौबिसे राज्यको गण्डकी प्रदेशमा पर्ने दुई राज्य मिलेर बनेको जिल्ला को बारेमा त अवश्य सुन्नुभएको होला। गुल्मी संग जोडिएको जिल्ला र वि सं २०१८ मा छुट्टै भएको जिल्ला को बारेमा त सुन्नु भएको होला। ६८% भूमि महाभारत पर्वत श्रृङ्खला मा पर्ने र बाकी शिवालिक पर्वत श्रृङ्खला मा पर्ने जिल्ला को बारेमा त अवश्य सुन्नुभएको होला। यति भन्दा त अवश्य थाहा पाउनुभएको होला कि मैले अर्घाखाँची को बारेमा केही भन्दै छु भनेर।  हो ,  २७°४५''-२८°६'' दक्षिण र २८°६''-८३°२३ देशान्तर र अक्षरामस मा अवस्थित अर्घाखँची समुन्द्र सतह देखि ३०५ मी- २५१५ मी उचाइ मा अवस्थित छ। १,१९३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित अर्घाखाँची मा २,०८,३९१ जनसंख्या छ । यति भनिसके पछि अर्घाखाँचीको छिमेकी जिल्ला को बारेमा त अली अलि अवश्य सोच्नु भएको होला - पूर्वमा पाल्पा छ पश्चिममा प्युठानउत्तरमा गुल्मी छ दक्षिणमा कपिलवस्तु।अर्घाखाँचीको प्रशासकिय सदरमुकाम भने सन्धिखर्क मा पर्छ जुन दक्षिणप्चिम मा पर्छ । १, ९७,६३२ जनसंख्या भएको अर्घाखाँचीमा भने ६ स्थानिय तह रहेका छन् - सन्धिखर्क/ शितागंगा/भूमिका स्थान नगरपालिका र छत्रदेव, पाणिनि, र मलारानी गाउँपालिका ।

कति अरु कुरा गर्ने ! अब थोरै इतिहास पनि हेरौं न! भन्छन् अर्घाखाँची जिल्ला दुई राज्य अर्घा र खाज्यञ्चि (खाचि) बाट एकिकरण भएर बनेको एक जिल्ला हो। गण्डकी प्रदेशमा पर्ने चौबिसे राज्यका दुई राज्य वि सं  १८४३ गोरखा द्वारा गुल्मी संग एकिकरण भए। पछि २०१८ मा भने गुल्मी रा अर्घाखाँची दुई छुट्टछुट्टै जिल्ला मा विभाजित भए। यस जिल्ला का नदी नाला ताल तलैया हेर्ने हो भने बागी खोला, बैंसारी खोला,माथुराबेसी खोला, वाणगंगा खोला, सिताखोला,खाखाबेसी खोला,रङ्सिङ खोला,रत्ने खोला, झिम्रुक खोला आधी अधिकाल देखि नै बग्दै आएका छन्। र शान्त स्थिर रहेका ताल भनें - ठाडा दह, संगलेनक ताल रहेका छन्। 

अर्घाखाँची जिल्लाको मुख्य आम्दानी को रुपमा हेर्न हो भने रेमिट्यान्स र कृषि रहेको छ। जिल्ला का अधिकांस मानिस हरु जिल्ला लाई एक्लै छाडेर विदेश ,सहर पसेका छन्।  भन्छन् नी ," अघिपछि न   हेरेपनि दुःख पर्दा त अवश्य हेर्नेछन् " हो तर यहाँ   पनि झण्डै झण्डै त्यस्तै भएकै छ बाकी अहिले मान्छेलाई दुःख पर्दा मात्र अर्घाखाँची लाई सम्झन्छन्। २०७२ सालको भूकम्पमा पनि दुःख परेकै कारण गाउँ गएका पनि प्रसस्तै भेटिन्छन र हाल कोरोना भाइरस ले गर्दा पनि आफ्नो काम च्याटै छोडेर गाउँ गएर बस्ने धेरै नै देखिन्छन्। हाल को यो समयमा भने सुखका कारणले बाजिएका खेत हरु यसपाली किसानको मिहिनेत बताइदिने कोरोना को कारण बाज्जेला भन्न सक्दैन।  रेमिट्यान्स मा मात्रै निर्भर जिल्ला लाई सही समयमा कृषिमा पनि निभर हुन  सिकाइदेला भन्ने आसा छ। जसरी दुःख को साथी भनेर आमालाई सारा कुरा सुनाइन्छ अहिले यहां पनि त्यस्तै भएको छ दुःख पर्दा मात्र जन्मभूमि फर्कने टन्नै देखिन्छन।

प्राय दशैं तिहार चाडबाड र आपत विपतको बेला दकमक्क हुने मेरो गाउँ भने अरु समयमा सुन्यनै हुन्छ। बालापनको त्यो याद मेटाउन जाने त्यो गाउँमा बर्ष को एक पटक जाँदा पनि मन हषिर्त हुन्छ। मेरा गाउँका मान्छे यति व्यस्त छन् की , पहिला आफ्नो सानो सपना झोलामा बोकी सपना पुरा गर्न गाउँ छाडेका सपना पुरा भए पछि गाउँ सम्झने बन्दोबस्त मिलाउनै सक्दैनन्। आफ्नो सपना झोलीमा सजाई आफू जहां पुगेता पनि दुःख पर्दा भने मेरो भूमिलाई सम्झने गर्दछन्। लक्ष्य पूरा गर्न बाझिएका ती उर्भर जग्गा ती पुन जितिन् थाल्छन्। दुःख पर्दा मात्र अन्न फलाउने यहां का मानिसहरू सुखमा सुरुमै दकमक्कै झुक्ने धानका बाला र प्राकृतिक सौन्दर्यता संग न रमाई किन आखिर दुःख पर्दा मात्र सम्झन्छन्?

सहरमा सपना छ,पदाइ राम्रो छ तर गाउँमा त्यो सपाना साकार पार्ने माटो छ। सहरमा भोजका निम्ति चआहिनिने अन्न फल्ने माटो मेरो गाउँमा छ तर विडम्बना सहरको त्यो छोटो सुख ले गाउँका मान्छे लाई अट्रक्सन गरेर ती भूमि बाजिन पुगेका छन्। जहां जाऊ जसो गरु ,समस्या पर्दा सम्झने मात्र मेरो गाउ की बुढी आमाका ती चाउरी परेका पैताला ले धर्ती लाई कुचेर हुकाएको तरकारीको याद आउँछ। सहरमा खाको पिज्जा, बर्गर, मम,भन्दा गाउँकी आमाले बनाएर महि संग दिएको दिडो, हाडीमा भुटेको मकै,मन पर्छ। तर दुःख पर्दा मात्र सम्झने मेरो गाउँका म लगायत मेरा व्यक्तिहरूलाई मेरो अनुरोध छ ,सुख मा पनि यही नै रमाई गाउँमा पनि सहरिया सुविधा लेर आउ। सहरको सुविधा गाउँमा लगौ र दुःख पर्दा मात्र होइन सुख पनि गाउँघरमै खर्च गर्न सिकौ। लेकका ती बाझा बारीमा अन्न फलाउ, बेसीमा खेतको हिलोमा पहेंलो अन्न फलाउँ, डाँडा काँडा मा गाई गोरु दुगुराउ अनि त बल्ल मेरो गाउँ गाउँ हुनेछ। मेरा पुर्खाहरूले आर्जेको त्यो सिंगो सहर बराबरको जग्गा बाझो न राखौ त्यस पछि त पुर्खा को आशीर्वाद बल्ल लाग्नेछ। 

आफू जति टाढा पुगेतापनी आफ्नो सपनाको लागि गाउँको माया बेचेतापनी आफ्नो गाउँ जन्मेको ठाउँ भुल्नु हुँदैन। आफ्नो सानो सपना पूरा भयो भनेर  गाउँलाई बिर्सनु हुँदैन। जसरी दुःख को  मेरा गाउँका डाँडा काँडा लेक बेंसी भएका छन् त्यस्तै सुख को साथी पनि बन्न पुगोस भन्न चाहन्छौ। 

लेखकको बारेमा 

सरोज भट्टराई हाल काठमण्डौँ स्कुल अफ ल मा कानून अध्यनरत,  अच्युत भट्टराई बुटबल वहूमुखी क्याम्पसमा  अध्यनरत छन् । 

अन्य समाचारहरु