यस वर्षको मिस नेपाल प्रियंका रानी जोशी बनिन्

यस वर्षको मिस नेपाल  प्रियंका रानी जोशी बनिन्

काठमाडौं, ४ असार । प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् ।


पूर्वमिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिराइन् । २४ प्रतिष्पर्धीमध्ये उनी विजेता भएकी हुन् ।

मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले पहिरेकी छिन् । मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले पहिरिएकी छिन् ।

यसपटकको प्रतियोगितामा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ प्रतिष्पर्धी थिए ।

अन्य समाचारहरु