चुत्राबेसीमा मोटरसाइकल आगलागी, ठुलो दुर्घटनाबाट बच्यो अर्घाखाँची आयल डिस्टिब्युटर (तस्बिर सहित)

चुत्राबेसीमा मोटरसाइकल आगलागी, ठुलो दुर्घटनाबाट बच्यो अर्घाखाँची आयल डिस्टिब्युटर (तस्बिर सहित)

अशोक खनाल 

चुत्रबेसी, अर्घाखाँची जेष्ठ १४ - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न  २ चुत्रबेसीमा संचालित नेपाल आयल निगमको अधिकृत बिक्रेता अर्घाखाँची आयल डिस्टिब्युटर लगायत बजारको क्षेत्रहरु स्थानीयबासिहरुको सक्रियतामा ठुलै दुर्घटनाबाट बचेको छ।
    

बिहान करिव ११ :१० बजेको समयमा जिल्लाको छत्रदेब गाउँपालिका वार्ड न  ४ निवासी मोहन मुखियाले दुध सप्लाइको निम्ति प्रयोग गर्दै आइरहेको लु ७  प  ६२३३ न को मोटरसाइकलमा पेट्रोल हालिरहेको अबस्थामा एक्कासी आगलागी भएको थियो । 

स्थानीयहरुको पहलमा उक्त मोटरसाइकललाई पम्प देखि  टाढा पुर्याइको कारण पेट्रोल पम्प र बजारक्षेत्रलाई सुरक्षित भएको हो । 


भने मोटरसाइकल जलेर पुर्ण रुपमा नस्ट भएको छ । 

अन्य समाचारहरु