सन्धिखर्क- ७ का गठबन्धन उम्मेदवार गणेश थापाले भने; वार्डको बिकासमा कसैलाई लाखापाखा नगरी प्रतिबद्दभएर लाग्नेछु

सन्धिखर्क- ७ का गठबन्धन उम्मेदवार गणेश थापाले भने; वार्डको बिकासमा कसैलाई लाखापाखा नगरी प्रतिबद्दभएर लाग्नेछु

केशबराज ज्ञवाली 

खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।     सन्धिखर्क नगरपालिका वार्ड न ७ को लागि  नेपाली काङ्ग्रेसको तर्फबाट साझा गठबन्धनका अध्यक्ष पदका  उम्मेदवार गणेश थापाले वार्डको बिकासको लागि प्रतिबद्ध रहेको बताएका छन । 

अर्घाखाँची डटकम संगको संक्षिप्त कुराकानिमा उनले यो वार्ड धेरै संभावना बोकेको वार्ड भएकोले यसको बिकासको लागि आफू र आफ्नो टिम कसैलाइ भेदभाव नगरी अगाडि बढ्ने पनि जनाए ।

सुपादेउराली मन्दिर , मसिनाको लेख , एतिहासिक खांचिकोट दरवार रहेको यश क्षेत्र लाई पर्यटन पुर्वाधारमा जोड दिदै अगाडि बढ्ने बताउदै उनले देउराली आउने पर्यटकलाइ खांची क्षेत्रमा दुई तीन दिन देखि हप्तौ सम्म बस्न सक्ने वातावरण बनाउन आबस्यक पुर्वाधार बिकासमा जोड दिने बताए ।

कुराकानीकै क्रममा गणेश थापाले वार्डको बिकट क्षेत्रको रुपमा रहेका भैसिमेला र भिम्मले क्षेत्रमा यातायात ब्यबस्था सहज गर्दै हिल स्टेशनको रुपमा बिकास गर्न पहल गर्ने र पर्यटक आगमन बढाउन होमस्टे संचालनमा ल्याउन पहल गर्ने बताए ।

आधुनिक कृषि , पर्यटन बिकास  र सामुदायिक बिधालयमा शैक्षिक गुणस्तरता वृद्धि गर्दै युवा पलायनको समस्या रोक्न बिशेष पहल गर्ने पनि उमेदवार थापाले बताए ।

कुनै पनि जनप्रतिनिधि निर्वाचित भैसकेपछी पार्टिको मात्र नभएर सबै जनताको हुने भन्दै थापाले वार्ड बाट हुने सेवा सुबिधामा कसैलाइ भेदभाव नगरिने बताए ।

अन्य समाचारहरु