काठमाडौमा १८ वर्षकी युवती डेरामा झुन्डिएर मरिन्

काठमाडौँ, वैशाख ८ - काठमाडौको चोभारमा १८ वर्षकी युवती आरती थापा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।

डेरामा बस्दै आएकी आरती कोठामा एक्लै भएको र मृत्युको कारण थाहा हुन नसकेको कालीमाटी प्रहरी बिटले बताएको छ।

सो घटनाको अनुसन्धान भइरहेको र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको प्रहरी जवान प्रजल ललित श्रेष्ठले जानकारी दिए। रासस

अन्य समाचारहरु