सिद्धाराको खयरभट्टीमा नव निर्मित वार्ड कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिरहरु)

सिद्धाराको खयरभट्टीमा नव निर्मित वार्ड कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं ११ सिद्धाराको खयरभट्टीमा नव निर्मित वार्ड कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


सिद्धाराको खयरभट्टीमा आईतवार नव निर्मित वार्ड कार्यालयको उद्घाटन तथा घुम्ती सेवा कार्यक्रम सम्पन्न भएको हो । 


सो अवसरमा आकासे सिचाई योजनाको योजाना सम्झौता भएको थियो । भने निशुल्क जग्गा दिने जग्गा दाताहरुलाई वार्ड कार्यालयबाट सम्मान गरिएको थियो ।  
 

कार्यक्रममा नगर प्रमुख सूर्य प्रसाद अधिकारी,  वार्ड अध्यक्ष काेपिलाचन्द आले, आकासे सिचाई योजना उपभोक्ता समिती अध्यक्ष सुनिता थापा लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु