आज मे ८ अर्थात विश्व रेडक्रस दिवस

आज विश्व रेडक्रस दिवस

आज मे ८ अर्थात विश्व रेडक्रस दिवस । नेपालमा पानि बिभिन्न कार्यक्रम गरी रेडक्रस दिवस मनाइएको छ ।
 
रेडक्रस दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटीले आज बिहान राजधानीमा प्रभातफेरी आयोजना ग-यो ।
 
शन्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी असन, इन्द्रचोक, मरु टोल हुँदै कालीमाटीमा रेडक्रस केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।
 
 प्रभातफेरी समापनमा रेडक्रस सोसाईटीका अध्यक्ष सञ्जीव थापाले मानव समुदायको सेवाको लागि काम गर्दै आएको रेडक्रसलाई सबैले सहयोग गनुपर्ने वताउनुभयो ।
 
उहाँले घर घरमा रेडक्रस सेवा पु-याउने लक्ष्य लिइएको समेत उल्लेख गर्नुभयो ।

अन्य समाचारहरु