अनुमति लिई अबैधानिक रुपमा मदिरा विक्री गदै आएका अर्घाखाँचीका व्यापारीलाई कारवार्ही गरिने

गणेश खनाल
 
सन्धिखर्क, अर्घाखाँची । अनुमति लिई अबैधानिक रुपमा मदिरा विक्री गदै आएका व्यापारीलाई कारवार्ही गरिने भएको छ । कोलनीकाबाट अनुमति नदिई व्यापार व्यवसाय गरेकालाई १ हत्ता भित्र दर्ता गरि कानुनी प्रक्रियामा आउन आग्रह गरिएको छ ।

एउटा स्थानमा मदिरा, ओषधी, किरान पसल राख्दै आएको गुनासो आएपछि अवैध मदिरा नियन्त्रण समितीको बैठकले १ हत्ते अल्मिेटम दिएको हो । सञ्चिनको लागी १ हत्ताको समय दिईएको अवैध मदिरा नियन्त्रण समितीका अध्यक्ष मति प्रसाद भुसालले बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद दकाल, सहायक प्रजिअ भेषराज खनाल, प्रहरी निरिक्षक गोविन्द पन्थी, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, होटल व्ययवसायीका अध्यक्ष डोलराज भण्डारी, पत्रकार महासंघका कोषध्यक्ष गणेश खनालले मन्तव्य राख्दै कानुनी दायरमा मदिरा विक्री नभएकाले सामाजिक समस्या थपिएको बताएका थिए । 

अन्य समाचारहरु