अर्घाखाँची समाज जापानद्वारा नयाँ वर्ष २०७९को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्घाखाँची समाज जापानद्वारा नयाँ वर्ष २०७९को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

जापान (अर्घाखाँचीडट्कम) । अर्घाखाँची समाज जापानले नेपाली नयाँ वर्ष २०७९को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 


अर्घाखाँची समाज जापानले आज नेपाली नयाँ वर्ष २०७९को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

 कार्यक्रममा उपस्थित सबैले आफ्नो परिचय, नयाँ बर्षको शुभकामना एवं आगामी दिनमा संस्थाले गर्नु पर्ने काम र भूमिकाका विषयमा धारणा राख्नु भएको थियो । 

 कार्यक्रममा संस्थाका संरक्षक एव् सल्लाहाकार नेत्र बिष्ट, निबर्तमान अध्यक्ष बाबुराम पौडेल, सल्लाहाकार इन्दिरा खनाल,बिष्णु खनाल संस्थाका अध्यक्ष दिपक थापा लगायत पदाधिकारी एव् सदस्यको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु