हुण्डी सञ्चालन गरेको आरोपमा प्रहरीले ८१ लाख नगद र चेकसहित ५ जनालाई पक्राउ गर्यो



अवैध वित्तिय कारोबार अर्थात हुण्डी सञ्चालन गरेको आरोपमा आइतबार पर्सा प्रहरीले ८१ लाख नगद र विभिन्न चेकसहित ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यापारीको घरमा छापामारी नगद  र चेक सहित ५ जनालाई पक्राउ गरेको हो।

घरबाट मुद्राको अवैध कारोबार (हुन्डी) गरेको आरोपमा  नगद सहित सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा छापामारी गरी ठूलो परिमाणमा अवैध रुपैयाँ सहित पाँचै जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा  प्रहरीले छापा मार्दा  हुन्डीका लागि जम्मा गरेर राखिएका करिब ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख बराबरको चेकसहित कारोवारसँग जोडिएका अन्य कागजात लगायतका बस्तु प्रहरीले बरामद गरेको छ।

जैनले उषा गोयन्काको नाउमा  सुर्तिजन्य वस्तु, निर्माण सामग्री, खाद्य सामग्री, सुन चांदीका गरगहना  तथा सजावटका सामग्रीको कारोबार गर्ने भनि स्वीकृति लिएको न्युनेहा ओभरसिजमा अवैध वित्तिय कारोबार अर्थात हुण्डीको सञ्चालन गरेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। अवैध हुण्डीको कारोबार सञ्चालन गरेको अभियोगमा २ करोडभन्दा बढी नगद र चेकसहित पक्राउ परेको यो घटना पर्साको पहिलो घटना भएको र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाइ रहेको थियो।


बिहान ११ बजे देखि २ बजेसम्म तीन घण्टा चलेको छापामारी पछि बरामद भएका नगद लगायतका बस्तु सहित सञ्चालक भारत बिहार मुजफरपुर न्यु सिकन्दरपुर बस्ने सिताराम जैनको छोरा सन्तोष कुमार जैन र उनका श्रीमती उषा गोयन्का, अंकुर जैन, उनको फर्ममा काम गर्ने कर्मचारी जिल्ला पर्सा लगडी गाविस १ सुनिल कुमार पटेल, जीवन ठाकुरलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छापामारी बारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले हुन्डी कारोवारमा संलग्न गरेका अभियोगमा सन्तोष जैन सहित ५ जनालाई पक्राउ गरिएको र जैनको घरबाट भारी परिमाणमा नगद तथा विभिन्न बैंकको चेक लगायतका बस्तु बरामद गरिएको जानकारी दिए।


बरामद गरिएको नगद लगायतका बस्तु र पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। सेटोपाटीमा समाचार छ















         

अन्य समाचारहरु