अर्घाखाँचीमा एमाले छाडेका योगेन्द्र खड्काको पुरा परिवार एकीकृत समाजवादीमा प्रवेश गर्‍यो

अर्घाखाँचीमा एमाले छाडेका योगेन्द्र खड्काको पुरा परिवार एकीकृत समाजवादीमा प्रवेश गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।


एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका योगेन्द्र खड्का आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । खड्कालाई एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले स्वागत गरेका थिए ।   प्रवेश गर्नेमा युवा नेता  प्रेम पौडेल पनि रहेका छन् ।   


सन्धिखर्क - २ को वार्ड अध्यक्ष पदका आकाक्षी समेत रहेका  खड्काले  पुरा परिवार सहित राजिनामा दिएका थिए । खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजिनामा दिएका थिए । 

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफुले पाएको सम्पुर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका थिए । 


अन्य समाचारहरु