थप्पड हानेकी कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध प्रदर्शन | कबड्डी ४ को प्रर्दशनमा रोक, युवक धरौटीमा रिहा

थप्पड हानेकी कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध  प्रदर्शन | कबड्डी ४ को प्रर्दशनमा रोक, युवक धरौटीमा रिहा

कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।

मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्। 

कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो। 

अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्। 

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन्।ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०-७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ।

तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीमा समाचार छ । 

युवक धरौटीमा रिहा 

कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।  

फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्।  उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।

उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो।

मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए। 

भिक्षुसमेत रहेका तामाङलाई नि:शर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो। 

कबड्डी-४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो। सेतोपाटीमा समाचार छ । 

कबड्डी ४ को प्रर्दशनमा रोक

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ।

चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो।


अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ।

बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न् १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ।


पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो।

मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्।

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो।

सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन्।

प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन्।

उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो। देशसन्चारमा समाचार छ ।  

अन्य समाचारहरु