गजल:- नेपाली देशभक्त युवा समाज

गजल:- नेपाली देशभक्त युवा समाज
नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौं..!!
सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहान्छौ..!!

    सफल बनाउ सबै मिली, यो महान अभियानलाई....,
अन्याय संग लड़्दै भिड़्दै, सबैको दु:ख हर्न चाहन्छौ...!!

आउनुस जुट्औ ऑमा-वुवा दाजु-भाई दीदि-वहीनी...,
    थोपा-थोपा मिसीएर, नदी वनी झर्न चाहन्छौ..!!

आफु सक्दो सहयोग गरी, आपत विपत पर्दा कोहीलाई..,
    असाहय र दुखीयाको, घाउ-चोट् भर्न चाहन्छौ...!!

   अब देखी छोड़्औ गर्न, तेरो मेरो उस्को त्यस्को...,
असान्तिको जरै गोड़ी, शान्तीको वीउ छर्न चाहन्छौ..!!

[[2" नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौ.!!
  सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहन्छौ..2"]]

 सर्जक- एच.एल. गौतम
   (अर्घाखाँची) मा.गा.३
  खनदह, हाल-भारत||