छत्रदेव गाउँपालिकाका सबै वार्डहरुमा बाँदर र बँदेलले मकै लगायतका बाली खाएर सखाप

छत्रदेव गाउँपालिकाका सबै वार्डहरुमा बाँदर र बँदेलले मकै लगायतका बाली खाएर सखाप


अनिस मिया | अर्घाखाँचीडट्कम संवाददाता  

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका पुर्वी भुभागका सबै वार्डहरुमा बाँदर र बँदेलले मकै लगायतका बाली खाएर सखाप पार्न थालेको छ ।


केही दिनदेखि सयौको हुलमा आएको बाँदर तथा बँदेलले छत्रदेव गाउँपालिकाका पुर्वी भुभागका सबै वार्डहरुमा विभिन्न गाउँमा लगाएको मकै लगायतका बाली खाएर सखाप गरेको हो ।

यहाँ बाँदर तथा बँदेललाई लखेट्न किसानहरुको दैनिकी भएको छ। गाउँ-गाउँमा दैनिक ५/६ जनाको समूह बनाएर हिड्न पर्ने बाध्यता भएको छ।   

मकैमा पहिलो चरणको हारी मात्र लागेकाले पनि बाँदरले धेरै मकैको बोट भाँच्ने गरेको स्थानियबासीको भनाई छ । हुलमा आएको बादर धपाउन स्थानिय बासिन्दालाई समस्या भएको छ । हिउँद भरी दुख गरी लगाएको बाली फल्ने बेलामा सखाप पारेपछि स्थानिय कृषक चिन्तित बनेका छन् ।


मकैबालीमा बाँदरले क्षति गरेपछि स्थानीयवासीले गाउँपालिका तथा वार्ड कार्यालयसँग गुनासो गरेका थिए ।

गाउँपालिका तथा वार्ड कार्यालयले बाँदरले मकै बाली नष्ट गरेको भन्दै बाँदर धपाउने यन्त्र खरिद गरि किसानलाई वितरण गर्ने बताएको छ । 
   
जङ्गलमै फलफूल खेती

उता छत्रदेव गाउँपालिकाले बाँदर भुलाउने उपायको लागि जङ्गलमै फलफूल खेती गर्ने भएको छ ।

छत्रदेव गाउँपालिकाले बाँदर, बँदेलले बालीनाली नोक्सान पु¥याएर कृषक हैरान भएपछि विकल्पस्वरुप सामुदायिक वनमा फलफूल खेती गर्ने भएको हो ।


बालीनाली नोक्सान गर्ने मात्र नभई महिला तथा केटाकेटीलाई आक्रमण गर्न थालेपछि बाँदर आतङ्कबाट बच्न फूलफूल खेती गर्न लागिएको छत्रदेव गाउँपालिकाको भनाई छ । बन्दुक, गुलेलीले हिर्काए पनि आहारा नपाए बस्तीमा आउन छाड्दैनन् दीर्घकालिी बाँदर आतङ्कको समाधानको लागि जङ्गलमा बाँदरले खाने फलफूलका बिरुवा हुर्काउनुको विकल्प छैन्, फलफूलका पुराना रुखहरु मासिन थाले, मकै खेती पनि गर्न छाडेपछि बाँदर घर घरमा आएर आतङ्क मञ्चाउन थालेकोले सामुदायिक वनमा फलफूल खेती शुरुवात गरिने गाउँपालिकाले बताएको छ ।

उता जङ्गलमा खानेकुरा पाउन छाडेपछि बस्तीमा पसेर खेती नष्ट गर्ने, अन्नवाली खोज्न घरघर चाहार्ने गरेकोले बाँदरबाट कृषक हैरान भएकोले जङ्गलमै भुलाउन फलफूल खेती गर्ने योजना स्वागतयोग्य रहेको डिभिजन वन कार्यालय अर्घाखाँचीको बताएको छ । साथै डिभिजन वन कार्यालय अर्घाखाँचीले यसका लागि सहयोग गर्ने समेत बताएको छ ।

अन्य समाचारहरु