अर्घाखाँचीका ९६ वटा स्थलहरुमा स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण मतदान जारी (फोटो फिचर)

अर्घाखाँचीका ९६ वटा स्थलहरुमा स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण मतदान जारी (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर स्थानीय तह निर्वाचनमा बिहानदेखिनै उत्साहपूर्ण मतदान भइरहेको छ। जिल्लाभर मतदान शान्तिपूर्ण ढंगले भएको छ। मतदानस्थलमा मतदाताहरु बिहान ७ बजेखि मतदान गरिरहेका छन्।


जिल्लाभर ९६ वटा मतदान स्थलहरुमा स्थानीय तह निर्वाचको लागि आज शुक्रबार बेलुका ५ बजेसम्म मतदान हुँदैछ।

सन्धिखर्क ९ नम्बर वडाको मतदान केन्द्रमा १ घन्टा केहि विवादका कारण रोकिए मतदान पुन सुचारु भएको थियो ।


जिल्लाभर एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 


३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।


जिल्ला निर्वाचन कार्यालयले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना शुरु गरिने छ । मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।


जिल्लाका ६ स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।


संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो। निर्वाचनमा १८ वर्षदेखि बृद्धबृद्धासमेत मतदान गरिरहेका छन्। केही त अक्सिजनसमेत बोकेर मतदानमा सहभागी भएको देखिन्छ भने केही अरुको सहायतामा मतदान प्रकृयामा भाग लिएका छन्।


२०७४ मा भएको निर्वाचनमा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा देखि सकिँदै छ। जेष्ठ नागरिक, दृष्टिविहीन नागरिकहरु आफ्ना जनप्रनिनिधि चुन्न तयार छन्। 



अन्य समाचारहरु