जलुकेको पाकुरीमा घर गोठमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट

 जलुकेको पाकुरीमा घर गोठमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट


अर्घाखाँचीडट्कम संवाददाता 

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको पाकुरीमा सोमबार साँझ घर गोठमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट भएको छ ।    

जलुकेको पाकुरीका बुढामगरको गोठमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट भएको हो । साथै चौपाय समेत जलेका छन् । 
    
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

अन्य समाचारहरु