सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा


प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले डेढ किलोमिटर पैदल हिँडेर बाढीपीडितको अवस्था, महुलीखोलाबाट भएको क्षति, डुबानमा परेको बस्ती तथा नेपाली सेनासहित संयुक्त सुरक्षा फौजले गरिरहेको नदी नियन्त्रणकार्यको स्थलगत अवलोकन गरेका हुन् ।

स्थलगत निरीक्षणपछि प्रधानमन्त्री देउवाले प्रतिपीडित परिवार २ बन्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि थप १० हजारसमेत गरी २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गरे ।

यसैगरी, बाढीका कारण व्यापार-व्यवसायमा क्षति भएका बाढीपीडितलाई व्यापार–व्यवसाय सुचारु गर्न सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने वचन पनि प्रधानमन्त्री देउवाले दिए ।

उनले बाढी प्रभावित क्षेत्रमा तत्काल निःशुल्क औषधिसहित स्वास्थ्यकर्मीको टोली तथा सफा र शुद्ध पानी पिउने व्यवस्था तत्काल गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्रीसँगै निरीक्षणमा पुगेका गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई तत्काल खाने तथा बस्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

प्रधानमन्त्रीसहितको टोलीले महुली, सुन्दरी, जिता, खाँडोखोलाबाट भएको क्षतिको अवस्था हेलिकोप्टरबाट अवलोकन गरेको थियो ।

बाढीपीडितहरुले भने नदी नियन्त्रणका लागि स्थायी समाधान खाज्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले डेढ किलोमिटर पैदल हिँडेर बाढीपीडितको अवस्था, महुलीखोलाबाट भएको क्षति, डुबानमा परेको बस्ती तथा नेपाली सेनासहित संयुक्त सुरक्षा फौजले गरिरहेको नदी नियन्त्रणकार्यको स्थलगत अवलोकन गरेका हुन् । स्थलगत निरीक्षणपछि प्रधानमन्त्री देउवाले प्रतिपीडित परिवार २ बन्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि थप १० हजारसमेत गरी २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गरे । यसैगरी, बाढीका कारण व्यापार-व्यवसायमा क्षति भएका बाढीपीडितलाई व्यापार-व्यवसाय सुचारु गर्न सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने वचन पनि प्रधानमन्त्री देउवाले दिए । उनले बाढी प्रभावित क्षेत्रमा तत्काल निःशुल्क औषधिसहित स्वास्थ्यकर्मीको टोली तथा सफा र शुद्ध पानी पिउने व्यवस्था तत्काल गर्न पनि निर्देशन दिए । प्रधानमन्त्रीसँगै निरीक्षणमा पुगेका गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई तत्काल खाने तथा बस्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । प्रधानमन्त्रीसहितको टोलीले महुली, सुन्दरी, जिता, खाँडोखोलाबाट भएको क्षतिको अवस्था हेलिकोप्टरबाट अवलोकन गरेको थियो । बाढीपीडितहरुले भने नदी नियन्त्रणका लागि स्थायी समाधान खाज्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

अन्य समाचारहरु