साउन महिनाको पहिलो सोमबार भगवान शिवको विधिपूर्वक पूजा आराधना गरिदै।

साउन महिनाको पहिलो सोमबार भगवान शिवको विधिपूर्वक पूजा आराधना गरिदै।




आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजाआराधना गरिएकाे छ ।

आज सोमबार विशेष गरेर महिलाहरुले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने  गर्दछन।  । साउन महिनाभर भगवान शिवको विशेष व्रत बस्ने चलन समेत रहेको छ । साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । पशुपति मन्दिर दर्शन गर्न पुगेकाहरुको लागि ४ ठाउँबाट लाइनको व्यवस्था समेत गरिएको छ ।

यसै गरी आज सन्धिखर्क स्थित चुत्राबेसिमा रहेको शिवालय मन्दिरमा पनि दर्शननार्थीहरुको भिड लागेको छ। 

अन्य समाचारहरु