गायक एवं अभिनेता प्रशान्त तामाङ छोरीको बुवा बने।

गायक एवं अभिनेता प्रशान्त तामाङ छोरीको बुवा बने।

tvs

काठमाडौं -  गायक एवं अभिनेता प्रशान्त तामाङ छोरीको बुवा बनेका छन् ।

उनकी श्रीमती मार्था एली तामाङले बुधबार विहान छोरीलाई जन्म दिएकी हुन् । उनीहरू पहिलो सन्तानको आमा बुवा बनेका छन् ।

प्रशान्तले छोरीका तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफुहरू बुवा–आमा बनेको खुशी व्यक्त गरेका छन् । साथै उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी पनि दिएका छन् ।

इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्तले आफ्नो प्रेमिका मार्थासँग ३ वर्षअघि विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् ।

उनी अभिनित फिल्म ‘परदेशी २’ असोज १४ गतेबाट रिलिज हुँदैछ । यसअघिका उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका फिल्महरूमा अभिनय गरेका थिए ।

अन्य समाचारहरु