पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश | म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटे

पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश | म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटे

नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। 

बिहीबार अदालतले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको  जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

यस्तै म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटी माग गरिएको उनले जानकारी दिए। जोशीले धरौटी पनि बुझाइसकेका छन्।

झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो। सेतोपाटीमा समाचार छ ।- 

अन्य समाचारहरु