पश्चिम नवलपरासीमा चैते धानको रोपाईं शुरू

पश्चिम नवलपरासीमा चैते धानको रोपाईं शुरू

गोपी ज्ञवाली गोरखापत्र 

नवलपरासी, पुस १६ गते । पश्चिम नवलपरासीको सदरमुकामस्थित रामग्राम नगरपालिकाको आयोजनामा पालिका भित्र चैते धानको रोपाईं गरिएको छ । संघीय सरकारको घान उत्पादन प्रवद्र्वन कार्यक्रम अन्तर्गत जिल्लाको रामग्राम धान उत्पादन बढाउने योजनानुसार यस वर्षदेखि चैते धान रोपाईं शुरु गरिएको रामग्राम नगरपालिकाका कृषि शाखा प्रमुख आदेश मिश्रले बताउनुभयो ।

देशमा धान उत्पादनलाई बढाई विदेशी आयात कम गर्ने उद्देश्यका साथ केन्द्र सरकारले तराईको केही स्थानमा घानको नमुना खेती शुरु गरेको कृषि शाखा प्रमुख मिश्रले बताउनुभएको हो ।

नेपाल क्रमशः धान उत्पादनमा परनिर्भर बन्दै गएपछि धानको विदेशी आयात घटाउने उद्देश्यले गत वर्ष नै केही तराईका जिल्लाहरुमा चैते धानको नमुना उत्पादन शुरु गरेको भए पनि नवलपरासीमा भने यस वर्षदेखि पहिलो पटक चैते धान खेतीको शुरुवात गरिएको हो ।

चैते घान खेतीका लागि संघीय सरकारले रकम विनियोजन गरी गत वर्ष नै रामग्राम नगरपालिकालाई नमुनाको रुपमा धान खेती शुरु गर्नका लागि ४० लाख रुपियाँ विनियोनज गरेको भए पनि रामग्राम नगरपालिकाले यस वर्ष मात्र चैते घान खेतीको पहिलो पटक नमुना चैते धान खेती शुरु गरेको हो ।

जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाले गत वर्षदेखि नमुनाको रुपमा चैते धानको रोपाईं गरेको भए पनि रामग्राम नगरपालिकाले यस वर्षदेखि शुरु गरेको बताइएको छ ।

अन्य समाचारहरु