मालारानी गाउँपालिकाले तालिम गोष्ठी सञ्चालन गर्ने रकम कोराना कोषमा रकमान्तर

मालारानी गाउँपालिकाले तालिम गोष्ठी सञ्चालन गर्ने रकम कोराना कोषमा रकमान्तर

कोपिला आचार्य

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले यस आर्थिक बर्षमा तालिम गोष्ठी लगाएतका कार्यक्रमको रकम रकमान्तर गरेर कोराना बिपत कोषमा जम्मा गरेको छ । 

यस आर्थिक बर्षमा सञ्चालन हुने सबै तालिम गोष्ठी लगाएतका कार्यक्रम कटौती गरी बिपत व्यबस्थापन कोषमा रकम जम्मा गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनु भयो  । ‘हामिले पालिका स्तरबाट ४८ लाख र वडा स्तरबाट ४५ लाख ६५ हजार पहिलो चरणमा कार्यपालिकाको बैठक बसेर रकामन्तर गरेका छौ ।  

रकमान्तर गरेको रकम र अन्य सहयोग दाता पालिकाका कर्मचारी जनप्रतिनिधीबाट गरि अहिले सम्म १ करोड ११ लाख ७१ हजार ५ सय छैसठ्ठी रुपैयाँ जम्मा भएको छ । ’ 

मालाारानी गाउँपालिकाले केहि समय पहिले भारतमा अलपत्र परेका नेपालीहरुलाई सिमा नाकामा पुगेर उद्धार गरि ल्याई ९४ जनालाई सामुहिक क्वारेन्टाइनमा राखेर पिसीआर जाचँ गरि घर पठाएको छ । भने पालिका भित्र क्वारिन्ट कक्ष तयारी अबस्थामा राखेको छ । 

निकट दिनमा भारत तथा अन्य स्थानबाट आउनेहरुका लागी क्वारेन्टाइनमा राख्ने गरि तयारी गरिएको छ ।  पालिकाले क्वारेन्टाइन व्यबस्थापन गर्दा लागेको खर्च तथा आम्दानीलाई कोरोना बिशेष बुलेटिन प्रकाशन गरेर जानकारी समेत दिएको छ । 
 

अन्य समाचारहरु