हंसपुरको हिउँखोलामा एमालेबाट १५ घरपरिवार कांग्रेसमा प्रवेश गरे

हंसपुरको हिउँखोलामा एमालेबाट १५ घरपरिवार कांग्रेसमा प्रवेश गरे


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ६ हंसपुरको हिउँखोलामा १५ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् । 


नेपाली काङ्ग्रेस मालारानी वडा नम्वर ६ ले आयोजना गरेको एक कार्यक्रममा नेकापा एमाले र नेकपा माओवादी परित्याग गरि १५ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रवेस गरेका हुन् । 

पार्टी प्रवेस गर्नेहरुमा फन बहादुर बिसि, सीता जिसि, बिष्णु बुढाथोकी, मिना बुढाथोकी, बिक्रम बुढाथोकी, बिष्णु खत्री, सीता खत्री, राम्कुमारी खत्री, करण बहादुर खत्री, अस्मिता खत्री, कलि खत्री, बिमला अधिकारी, डम्बर प्रसाद अधिकारी, रुपा अधिकारी, राधिका अधिकारी, शिव प्रसाद अधिकारी, युवराज बिसि, चमेली बिसि, गिर बहादुर अधिकारि, बिष्णु बिसि, टीका बहादुर बिसि, मदन बिसि,मधु बिसि, बिना अधिकारी, सीता कुवर लगायत रहेका छन् । 

नवप्रवेसिहरुलाई पार्टी प्रवेस गराउदै लुम्बिनी प्रवेस सह महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले काङ्ग्रेस पार्टी जनताको सुखदुःखमा साथ दिने भएकाले अहिले पार्टी प्रवेस गर्नेको लर्को चलेको बताउनुभयो । काङ्ग्रेस पार्टीले अरुले जस्तो झुट्टा आश्वासन नबाढ्ने बताउनुभयो । 

सहमहामन्त्री मुस्कानले खानेपानी, बाटो, विद्युत लगायतका विकास निर्माणले पछि परेको उक्त क्षेत्रमा प्रदेस मन्त्रालयबाट बजेट निकासा गराई उक्त क्षेत्रको विकास गर्ने गरि आफू लाग्ने नवप्रवेसिहरुलाई आस्वस्त पार्नुभयो । 

पार्टी प्रवेस कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनाल, मालारानी काङ्ग्रेस सभापती शोभाखर खनाल, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि रमेश बिक, गोकुल रिजाल, कलाधर खनाल, चिन्तामनी खनाल लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रम वडा नम्वर ६ का सभापती  दामोदर अधिकारिको सभापतित्वमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु