बाँगीमा काँग्रेसकी क्रियाशिल सदस्य पन्थीको निधन

बाँगीमा काँग्रेसकी क्रियाशिल सदस्य पन्थीको निधन


श्याम घिमिरे

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वार्ड नं. ५ बाँगी निवासी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि कबिराम पन्थीकी धर्मपत्नी एवं छोराहरु बाबुराम, देबिराम र माधव पन्थीकी ममतामयि माता नेपाली काँग्रेसकी क्रियाशिल सदस्य पशुपति पन्थीको निधन भएको छ । 


पन्थीको ६० वर्षको उमेरमा आईतवार हृदयघातका कारण निधन भएको हो ।


स्वर्गिय पन्थीको सोमवार अन्त्यष्टी गरीएको छ । पन्थीको पार्थिव शरीरमा नेपाली काँग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । श्रद्धाञ्जली कार्यक्रममा मनतब्य राख्दै सभापति मुस्कानले स्वः पन्थीको निधनले पार्टीलाई ठुलो क्षती पुगेको भन्दै पन्थीले देखाएको बाटोमा सबै लागी उहाँका अधुरा सपनाहरु पुरागर्नुपर्नेमा जोड दिनुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा काँग्रेस मालारानीका सभापति शोभाखर खनाल, जिल्ला सदस्य बिष्णु क्षेत्रि, मालारानी ५ का पार्टी सभापति मणिराम खनाल, वडाअध्यक्ष शोभाखर खनाल, क्षेत्रीय प्रतिनिधि नारायण प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु