सिद्धारामा जागृति कृषि तथा पशु बिकास महिला सहकारीको उत्पादनमा आधारित अनुदान वितरण

सिद्धारामा  जागृति कृषि तथा पशु बिकास महिला सहकारीको  उत्पादनमा आधारित अनुदान वितरण

नेत्र मरासिनी

सिद्धारा, अर्घाखाँची । जागृति कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेड शितगंगा १० सिद्धाराको आयोजनामा २०७८चैत्र १९ गतेका दिन ४६ जना उत्कृष्ट उधमिहरुलाई रु ४७०४७१/– रुपैया उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ ।

शितगङ्गा नगरपालिकाद्वारा उत्कृष्ट कृषकलाइ अनुदान वितरण

सितगङा नगरपालिका अर्घाखाँची द्वारा आ।ब ०७७/०७८ को कार्यक्रम अन्तर्गत कृषि तथा पशु तर्फ को क्षेत्रमा सहकारी मार्फत बैज्ञानिक तरिकाबाट तौल गरि बिक्रि गर्ने कृषक हरुलाई उक्त रकम वितरणबाट गरिएको हो। उक्त कार्यक्रममा सितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ले साना किसानहरुको मुहारमा हासो र खुसी तथा हौसला प्रदान गर्नका लागि नेपालमै नौलो तरिका बाट उधमी को हात हात मा सहकारी मार्फत नगद प्रदान गरिएको बताए । साना किसान हरुलाई माथी नउकासी नगर तथा देसमा समृद्धि नआउने हुनाले हामिहरु जहिले पनि किसान को साथ र सहयोगमा कार्यक्रम सन्चालन गरेको बताए ।

उक्त कार्यक्रम मा सितगङा नगरपालिका १० का वार्ड अध्यक्ष हिम्मत पोख्रेल , कार्यपालिका सदस्य शान्ता अधिकारी , हेफरर ईपिसिडिसी अर्घाखाँची का परियोजना संयोजक केसब भुसाल , नेत्र मरासिनी , जनजागृती माविका प्राचार्य रोमाखर बन्जाडे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सहकारीका अध्यक्ष सरस्वता पोख्रेल को अध्यक्षतामा भयको कार्यक्रम को सन्चालन ब्यबस्थापक दिपा भुसालले गरेकी थिइन । हाल सम्म नगरपालिकाको तर्फबाट आ.ब ०७५/०७६ देखि आ.ब ०७७/०७८ सम्म २१००जना भन्दा धेरै उत्कृष्ट उधमीहरुलाई रु २ करोड भन्दा बढि रकम प्रदान गरिएको छ ।

अन्य समाचारहरु