सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त


सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको आइतबार (आज) आयोजित कार्यक्रममा जनाइएको छ ।

काठमाडौंमा आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली संकलन गरी काठमाडौं आइपुगेको सेभ द लाइफ फाउन्डेसन नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली संकलन गरेको जानकारी दिएको छ ।

सो संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले बाढीबाट उनीहरुको घर तथा खेत बगाएकाले रकम, औषधि, लत्ताकपडा र खाद्यान्नको सहयोगका लागि सबैसँग आग्रह गरे । रासस

अन्य समाचारहरु