कोभीड १९ मेरो अनुभव र समाजको बास्तबिकता

कोभीड १९ मेरो अनुभव र समाजको बास्तबिकता

सुभाष ज्ञवाली

२०७७ असोज ३ गते - सामान्य हिसाबले सुतेको म ४ गते बिहान उठेपछि कताकता शरीर थकित महसुस गर्नपुगे अनि राती सपनी देखेका कुराहरू सम्झिन थाले कहिलेकाही सपनिले पनि शरीर यस्तो हुन सक्छ भन्ने अनुभुती का साथ घाम ताप्ने योजना बनाए अनि घाम ताप्दै केही आफ्नतजन सङ्ग फोनमा गफिए । यति गर्दापनी शरीरमा खास सहज नभए  पछि मलाई १०/१२ बर्ष अगाडिको सपनाको याद आयो । जब मैले राती सपनिमा बाघले बाख्रो खाएको सपना देखेको थिए  तर त्यसलाई त्यति वास्ता गरेको थिएन तर बिहान आमालाई फोन गर्दा घर तिर के कसो खबर छ भनेर सोधपुछ गर्दा आज बिहान ६:३० बजेतिर बाघले बाख्रो खायो भन्दा मेरो मनले थात छोिडसकेको थियो हो यस्तै भएको अनुभुती भएको छ मलाई ।

 अब खाना पाकिसकेको थियो अब खाना खाने तयारी हुन थाल्यो तर मलाई खाना खाने मन नै थिएन तैपनि खानुको विकल्प थिएन । म केही संकोच मान्दै खाना खाइरहेको थिए तर दुर्भाग्यवश मलाई बान्ता होला जस्तो आभास भयो अनि खाइरहेको खाना यत्तिकै छोडेर म उठे । अनि के भयो कसो भयो मनमा अलिकति चिसो पसे जस्तो महसुस भयो तैपनि आत्मबल बलियो बनाएर अगाडी बढनु विकल्प पनि थिएन । अफिसियल कपडा लगाएर म अफिस जाने तयारी गरे । मनमा कुराहरू खेलिरहेका थिए । मलाई कोभीड पोजिटिभ होला भन्ने चिन्ता भन्दा कहाँ बस्ने अनि कसरी ब्यबस्थापन गर्ने समाजले अझैसम्म सकारात्मक सोचाइको बिकास भैसकेको छैन । मैले त सुरुकै दिनदेखि भनिरहेको थिए कोभीड पोजिटिभ हुदा समाजमा सकारात्मक संदेश दिन सकिन्छ लागिरहेको थियो ।

 अफिस पुगेपछि केही समयको आराम पछि केही ब्याक्तित्व सङ्ग राय सल्लाह लिए ज्वोरो नाप्दा ९९.५ यस्तै थियो ।मेरो स्वास्थ्य लाई लिएर सबैजना चिन्ता लिइ रहनु भएको थियो ।केही मेडिकल क्षेत्रका ब्याक्तित्व सङ्ग सल्लाह सुझाव बमोजिम एक दिन आराम गर्ने र अर्को दिन चेक गर्न जाने निर्णय गरियो तर अर्कोतिर शरीर यति दुखेको थियो कि हजारौं केजि को कुनै ढुङ्गा ले थिचोमिचो गरेजस्तो भएको थियो । जब खाजा खाने भन्ने कुरामात्र के चलेको थियो मेरो पेट बटार्न सुरु गरिसकेको थियोे । पानी पिउदा समेत बान्ता भएपछि अरु खानेकुरा खाने त सोच्न समेत नसक्ने भएको थिए । अत्याधिक पिडा सहित पहिलो दिन बिताउने अवस्था सृजना भएको थियोे । आफ्ना आफन्त लाई के कसरी भन्ने र भोलि कुन ठाउ चेक गर्न जाने भन्ने कुरा मनमा खेलाउदै पानीको भरमा सिटामाेल खाएर सुत्नु पर्ने भयो । यो अबस्थामा खाना खाने कुरा धेरै परको कुरा लाग्यो । रातभरि यति धेरै छटपटि भयो कि एक रात बिताउन मलाई कैयौ समय भएजस्तो लागिरहेको थियो । अत्यधिक पिडा को साथ आखिर जसरी पनि रात त बिताउनै थियो र रात बित्यो पनि । खाना नखाएको १८ घन्टा बितिसक्दा पनि म बान्ता गर्न हर समय तयार हुनुपर्थ्यो । 

अर्को दिन बिहान सुरु भएपछि चेक गर्न कता जाने भन्ने सल्लाह भएपछि निजि भन्दा सरकारी अस्पताल जाने सुझाव बमोजिम वीर अस्पताल जाने निर्णय गरियो । अर्को एक जना साथी सहित हामी वीर अस्पताल पुग्यौं । त्यहा पुग्दा त्यति धेरै मानिसको लाइन त थिएन तर ब्यबस्थापन को केही कमजोरी को कारण समय भने सोछे भन्दा धेरै नै लाग्यो । म त यति धेरै कमजोरी भए छु कि लाइन बस्न सक्ने समेत सामर्थ्य राख्न सकिन । साथिलाइ लाइन बस्न लगाएर म चाहिँ सिढी मा फाल्लिन बाध्य भए । अन्य समय भएको भए औपचारिक पोसाक लगाएको बेला त्यसरी भुइँमा बस्न केही संकोच लाग्थ्यो होला तर शरीर ले केही उपाय सोच्न नसके पछि भुइँमा फाल्लिन बाध्य भए । यसै क्रममा यति धेरै गार्‍हो भयोकी  सायद शब्द प्रयोग गर्नै सकिन जब धेरै नै गार्‍हो भयो बाहिर गएर एउटा पानीको बोत्तल लिएर एक घुड्की पानी पिए पछि अब बाचिन्छ जस्तो आभास भयो । जब ठीक्क पालो आइ सकेको थियो आकाश बाट यति ठुलो पानि पर्यो कि खुल्ला आकाश मुनि बसेर रुझ्नुको विकल्प थिएन । दुखका साथ स्वाब दिएपछि गाडी लिन बोलाएर आफ्नो गन्तव्यमा पुगियो । गन्तव्यमा पुग्दा पानीले भिजेको शरीर काप्न सुरु भैसकेको थियो । भोक लागेको होला भनी हतार हतारमा ल्याएको खाना एक गाँस पनि खान सामर्थ्य राख्न सकिन । एक घुड्की पानी पिएर सुते । के निद्रा लाग्थ्यो र ? शरीरमा काम ज्वोरो आइरहेको थियो । एकैछिन को आराम पछि केही राहत अनुभव गरे । 

अब स्वाबको नतिजा कुर्नुको विकल्प केही थिएन मेरो सामु , जब केही संकेत देखिएपछि म भौतिक दुरि कायम गर्दै आइसोलेसनमा बसिरहेको थिए । मलाई आफुलाइ केही होला भन्ने भन्दा पनि मेरो कारण कसैलाई केही समस्या नहोस म यसमा चिन्तित थिए नै । आएका फोन पनि एकदमै सिमित उठाउन सकिरहेको थिए तर आफु भने कसैलाई कल गरेर बोल्न सामर्थ्य थिएन । तेस्रो दिनमा आउने भनेको रिपोर्ट चौथो दिन मात्रै आउने भयो । यो तीन दिनको बिचमा यति  धेरै शारीरिक पिडा भयोकी त्यो सबै ब्याख्या गर्नेहो भने लेख्ने मेरा आखा बाट त आशु झर्छन नै यो पढ्ने तपाईंको पनि पक्कै आँखा रसाउने छन त्यसैले मैले भोगेको पिडा सुनाएर तपाई हरुलाइ भाबुक बनाउने पक्षमा म पटक्कै छैन ।

दिन यसरी नै कटिरहेकाे थियो व्यग्र प्रतीक्षा गरिएको स्वाब संकलन गरिएको रिपोर्ट को म्यासेज आयो तर म्यासेज मै त केही लेखेको हुदोरहेनछ पोजेटिभ कि नेगेटिभ भनेर तर प्राप्त लिन्क खोलेर हेर्दा पोजिटिभ भएको जानकारी प्राप्त भयो । त्यस पछि मनले कता कता थात  छोडेकाे जस्तो भयो । केही बिज्ञ ब्यक्ति सङ्गको सल्लाह बमोजिम केही दिन आइसोलेसन बस्ने र आत्मबल बलियो बनाउने सल्लाह बमोजिम अगाडी बढने योजना बनाइयो । अर्कोतिर थाहा भएका साथी भाइ आफन्तहरू को फोन आउन ऐरो लागिसकेको थियो । एउटेेे े जबाफ कति जनालाई दिनु एकातिर तनाव थियो भने अर्कोतर्फ मलाई माया गर्ने यति धेरै हुनुहुदो रहेछ भन्ने खुसी पनि लाग्न थाल्यो । दुई वटा मोबाइल सेटमा सङै फोन उठाएर सङ्गै एकैपटक जबाफ दिनुपर्ने अवस्था समेत सृजना भयो ।

 घरपरिवार र मेडिकल क्षेत्रका ब्यक्ति हरुले मोबाइल अफ गरेर राख्न गरेको आग्रह लाई समेत वास्ता नगरी सकेसम्मका सबै जना सङ्ग जोडीने प्रयास राखे । स्वास्थमा सुधार भैरहेको र आफ्ना आफन्त तथा सुभेक्षुक । 

अन्य समाचारहरु