मालारानी गाउँपालिकाका जनप्रतिनिधि जिम्मेवार विहीन | जनता प्रतिको विस्वास गुमाउदै

मालारानी गाउँपालिकाका जनप्रतिनिधि जिम्मेवार विहीन | जनता प्रतिको विस्वास गुमाउदै


अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका जनप्रतिनिधि जनता प्रतिको विस्वास गुमाउदै गरेको पाइएको छ । 


जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर - ९ का जनप्रतिनिधि जिम्मेवार विहीन बनेका छन् ।  

गोखुंगा दह निवासी तारा प्रसाद खनालको श्रीमती ७६ वर्षीय छमि खनाल ( नागरिकता न. १३०२७/२६३९) को २०७७ साल चैत्र देखि २०७८ साल असार सम्मको वृद्धभत्ता नमिलेको र पटक पटक खोज तलास गर्दा कुनै चासो देखाइएको छैन ।

जनप्रतिनिधि चुनावको बेला इमान्दारी र नैतिकतामा अडिग रहेर जिम्मेवारी वहन गर्न सदैव समर्पित र प्रतिबद्ध रहेको बताए पनि व्यवहार भने ठिक उल्टोहुदा समस्या आइपरेको हो । 

पीडित आफ्न कुमार खनालका अनुसार गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य आफ्नो जिम्मेवारीबाट पन्छदै वडाका प्रतिनिधिहरुबाट काम गराउनुहोस् भन्नुभयो । वडाअध्यक्ष फन बहादुर पुन लाई अनुरोध गरी पटकपटक सोध्दा यो मेरो र हाम्रा सदस्यहरूको काम होइन तपाईंले सचिवलाई सोध्नुहोस् भन्नुभयो ।

सचिव बालाराम रायमाझीलाई सोध्दा यो मेरो काम होइन वडाअध्यक्ष र प्रतिनिधिलाई सोध्नुहोस् भन्नुभयो ।  

 वडा नम्बर ९ का वडा सदस्यहरु जुना घिमिरे र कमला पौडेललाई पनि पटक-पटक यस विषयमा अनुरोध गरियो ।  तर कसैले चासो नदेखाएपछि मिडियामा दिन बाध्य भएको खनाल बताउछन् । 

यद्यपि ससाना काम प्रति जिम्मेवार नहुने हो र जनता प्रतिको आफ्नो दायित्व बिर्सने हो भने गाउँपालिकाको लागि पक्कै पनि राम्रो संकेत होईन।

अन्य समाचारहरु