आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौ  - विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नेपाल पत्रकार महासंघले बिहान ७ बजे भृकुटीमण्डपमा विशेष भेला गरी प्रभातफेरी आयोजना गरेको छ । त्यसमा अग्रज पत्रकार, महासंघका पूर्व तथा वर्तमान पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी सहभागी थिए ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै त्यहीँ आएर टुङ्गएिको थियो । र्‍यालीपछि संक्षिप्त सम्बोधन गर्दै महासंघका अध्यक्ष शिव गाउँलले प्रेस स्वतन्त्रताको विषय सम्झौता विहीन विषय भएको बताए । उनले कुनै पनि बहानामा प्रेस माथिको कानूनी बन्देज स्विकार्य हुन नसक्ने उल्लेख गरे । उनले श्रमजीवी पत्रकारका समस्या गम्भीर विषय भएको भन्दै यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।

बिहीबार दिउँसो भने महासंघले नयाँ बन्ने संविधानमा स्वतन्त्र प्रेसको ग्यारेन्टीको लागि शीर्ष नेताहरुलाई बोलाएर दवाब मुलक अन्तर्त्रिया कार्यक्रम राखेको छ ।मुलकभर जिल्ला शाखाहरुले पनि प्रभातफेरी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । - कान्तिपुर

अन्य समाचारहरु