कांग्रेसको केन्द्रीय सदस्य हु भन्दै ठगि हिड्ने पक्राउ


डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।  

 

नुवाकोट थानपति घर भइ हाल काठमाडौं बुढानिलकण्ठ बस्ने राजु उप्रेतिलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

 


उनले केन्द्रीय कारागारमा रहेका बाग्लुङका थमप्रसाद पुन, कृष्ण सलामी, जाजरकोटका विकास रोकायसहितका ५ जनाबाट ५ लाख ५० हजार रकम असुलेका थिए।

 


आफू कांग्रेसको केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै उनले रकम ठगी गरेको प्रहरीले जनाएको छ। उप्रेति थुनामा रहेका ५ जना मुक्त भएको र प्रहरीमा आएर उजुरी दिएपछि उप्रेति पक्राउ परेका हुन। सेतोपाटिमा खबर छ

           

अन्य समाचारहरु