बारा । राष्ट्रियता जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै बारामा राजावादीले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय सरोकार मञ्चको अगुवाइमा जिल्लाको सिमरा, जितपुर, र पथलैयामा मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।.
राष्ट्रिय झण्डा बोकेका सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वराजाका तस्वीरहरू र ब्यानर प्रदर्शन गरेका थिए ।
र्याली सिमरा, जितपुर हुँदै पथलैया परिक्रमा गरी पुनः सिमरा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
ठूलो संख्यामा सहभागीले ‘हाम्रो राजा हाम्रो देश– प्राणभन्दा प्यारो छ, ‘दल भन्दा देश ठूलो हो, ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए।
इमेजखबरबाट