बागलुङमा झाडापखालाबाट सिकिस्त भएका १४ वर्षीय किशोरको मृत्यु

बागलुङ - लगातार तीन दिनदेखि  झाडापखालाबाट सिकिस्त भएका यहाँका एक किशोरको मृत्यु भएको छ ।

अधिकारीचौर- ढोरपाटनका १४ वर्षीय किशोर शिव विश्वकर्माको आइतबार बेलुकी मृत्यु भएको उनका दाइ भीमबहादुरले बताए ।
 
शारीरिक अपांग भएकाले विद्यालयमा समेत नपढेका विश्वकर्मालाई तीन दिन अघि झाडा पाखाला लागे पनि उपचारका लागि टाढा पठाउन नसकी छरछिमेकमै उपचार गराइएको थियो ।
 
उक्त स्थान सदरमुकामदेखि ४२ कोष पश्चिममा पर्छ । पैदल यात्राबाट तीन दिन लाग्ने उक्त स्थानबाट वर्षाको समयमा सवारी साधन चल्दैनन् । उक्त घटना बारेमा जिल्ला र इलाका स्तरका स्वास्थ्यचौकीमा जानकारी आएको थिएन ।
 
RSS

अन्य समाचारहरु