हंसपुरको श्री मुल आधारभूत विधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

हंसपुरको श्री मुल आधारभूत विधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वार्ड नं ८ हंसपुरको श्री मुल आधारभूत विधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । 


 हंसपुरको श्री मुल आधारभूत विधालयमा सन्धिखर्क स्थित श्री भागवती मावि कुर संखेटारीका पुर्व प्रधानाध्यापक तथा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य  नरेन्द्र  कुमार क्षेत्रीको नाती आनन्द कुमार क्षेत्रीको तर्फबाट शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।  


श्री मुल आधारभूत विधालयमा शैक्षिक सामाग्री अन्तर्गत ब्याग ,डाइरी पेन, टफी सहितका  शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अथिती नरेन्द्र कुमार क्षेत्री विशिष्ट अथिती मालारानी गाउँ पालिका उपाध्यक्ष प्रमिला क्षेत्री र मालारानी गाउँपालिका वार्ड नम्बर  ८ का वार्ड अध्यक्ष नरेन्द्र कुमार बस्नेत वडा सदस्य बल बहादुर हौजाली जोस बहादुर थापा पद्मा पन्थी सुमित्रा परियार लगायत समाजका अग्रज ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो।
  

यसैगरी यसै बिद्यालयका प्र .अ नीर बहादुर थापाले बिधालयको तर्फबाट आयोजक प्रती हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै धन्यवाद प्रकट गर्नु भएको थियो । 

सो कार्यक्रमको अध्यक्ष नरेन्द्र कुमार बस्नेत स्वागत मन्तब्य शिक्षक दिवाकर अधिकारी र कार्यक्रमको सन्चालन गिताराम बिष्टको सन्चालकमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु