बुटवलमा पुस ८ गतेदेखि सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा

बुटवलमा पुस ८ गतेदेखि सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा

बुटवल, ७ पुस । बुटवलमा पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने भएको हो ।

मेलाका अवलोकनकर्ता र अतिथिहरुलाई अटोमेटिक टनेलबाट स्यानिटाइजर र मास्क अनिवार्य गरेर प्रवेश गराउने आयोजकले व्यवस्था गरेका छन् ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । उद्घाटनअघि बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झांकीसहितको ¥याली निकालिने अध्यक्ष गैरेको भनाई छ ।

मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय ७० स्टल रहने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । मेलामा महिला उद्यमी,हस्तकला,कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई छ ।

मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा दर्शकको उत्साहजनक उपस्थिति रहने र ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उनले बताए ।

मेलामा मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए ।

दुई वर्षसम्म मेला महोत्सव नहुंदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धनमा ब्यापार मेलाले टेवा पु¥याउने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए । बुटवल अनलाईनमा समाचार छ । 

अन्य समाचारहरु