ढिकुराको श्री शारदा माविमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिरहरु)

ढिकुराको श्री शारदा माविमा  सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिरहरु)

पारस भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा रहेको बिधालय बाल क्लबको आयोजनामा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।


बाल क्लबका अध्यक्ष पारस भट्टराईको संचालन शिक्षक बिजयराज पौडेलको सहजिकरण,बाल क्लब पदाधिकारी सुनिता पोख्रेलको प्रश्न शिक्षक  अजयराज चौधरीको सहजिकरणमा शिक्षक कृष्ण प्रसाद भट्टराई समय पालकको रुपमा हुनुहुन्थ्यो।


उक्त कार्यक्रममा ३२ ओटा प्रश्न सोधेमध्ये भानुभक्त सदन ले ६ ओटा प्रश्नको उत्तर दिएर प्रथम स्थान हासिल गरेको छ। यस्तै सगरमाथा सदनले ५ ओटा प्रश्नको उत्तर दिएर दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। यस्तै डाँफे सदन ले ४ ओटा प्रश्न को उत्तर दिएर तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।


प्रथम स्थान हासिल गर्न सफल भएको भानुभक्त सदनलाई बिधालयका प्रधानाध्यापकले पुरस्कार प्रदान गर्नु भएको थियो।

अन्य समाचारहरु