अर्घाखाँची डान्सिङ स्टारमा अर्घाखाँची आवसीय उमावीका सागर पन्थी

 
गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची २४ जेठ । अर्घाखाँची डान्सिङ स्टारमा अर्घाखाँची आवसीय उच्च मावीका सागर पन्थी भएका छन् । 

तिन चरणमा सुरु भएको छनोट चरण अन्तगर्त अन्तिम चरणमा पन्थी स्टार सफल हुन पुगेका हुन् । जर्ज गोविन्द राई र लोकेन्द्र शाहले १० जना मध्ये सबै भन्दा उष्कृट प्रर्दशन भएको भन्दै पन्थीलाई अवार्ड दिईएको हो । यस्तै पलिक्क अवार्ड भने मदरल्याण्ड बोर्डइङकी अनमिका सारु घोषित भईन् । कार्यक्रममा सहभागीबाट दिईएको भोटको आधारमा सारु पलिक्क अवार्ड पाउन सफल भईकी हुन् । 
 

 
जर्जबाटै सरसफाई अवार्डको रुपमा गौरीशंकर बोर्डइङकी स्नेहा के सी र अनुशासन अवार्डबाट युवा वर्ष रवि चित्र मा वीकी संगिता नेपाली घोषित भईन् । पहिलो चरणमा ५२ दोस्रोमा ३२ र अन्तिम चरणमा १० जना प्रतियोगी छनोट भएका थिए । 

अवार्ड प्राप्त सबैलाई नगद, मेडल र प्रमाण पत्रले अर्घाखाँची युर्थ सेवाले सम्मान गरेको थियो । सम्मान कार्याक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ, नायव उपरिक्षक दिपेन्द्र जि.सी प्रहरी निरिक्षक गोविन्द पन्थीले स्थानीय कलाकार सबैले संरक्षण गर्नु पर्ने बताएका थिए ।  कार्यक्रममा आयोजक प्रदिप नेपाली, नविन पन्थी, विशराल पन्थी लगायतले मन्तव्य राखेका थिए ।  

अन्य समाचारहरु