मालारानी गाउँपालिकाद्वारा काेराेना सम्बन्धी गतिबिधिलाई समेटेर बुलेटिन प्रकाशन

मालारानी गाउँपालिकाद्वारा काेराेना सम्बन्धी गतिबिधिलाई समेटेर बुलेटिन प्रकाशन

महेश भुुसाल

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेठ ८ । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिकाले काेराेना सम्बन्धी आफ्ना गतिबिधीहरुलाई सार्बजनिक गर्नको लागि काेराेना बुलेटिन प्रकाशन गरेको छ ।

काेराेना प्रकाेप सुरू भई नेपाल सरकार द्वारा गरिएकाे लक डाउन पश्चात चैत्र र बैशाख महिनामा गरेका गतिबिधिलाई समेटेर काेभिड-१९ बिशेष प्रथम द्विमासिक बुलेटिन प्रकाशन गरिएकाे र प्रत्येक २ महिनाको अन्तरमा बुलेटिन प्रकाशन गर्ने गरि तयारी गरिएको पालिकाका प्रमुुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिनु भयो ।

१२ पृष्ठको उक्त बुलेटिनमा कोराना रोकथामका लागि पालिकाले गरेका प्रयास, काेराेना महामारी काेषकाे आय व्यय विवरण, पालिका क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाईनकाे विवरण, स्वास्थ्य संस्थाबाट भएकाे RDT/PCR लगायतकाे चेकजाँचकाे विवरण, पालिका भित्रका मजदुरलाई प्रदान गरिएकाे राहत सामाग्रीकाे विवरण लगायत कोरानो सम्बन्धी लेख रचनाहरु समेत समाबेश गरिएको छ । 

उक्त प्रकाशनले काेराेना सम्बन्धी कार्यमा पालिकाले गरेका गतिबधिहरुलाई आम जनतामा जानकारी प्रधान गर्न सक्ने बिश्वास लिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।

अन्य समाचारहरु