ढाकावाङमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य बैजालीलाई पितृ शोक

ढाकावाङमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य बैजालीलाई पितृ शोक


माधव खनाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको साम्नेगाउँमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य तथा रक्तिमका कलाकार कृष्ण बैजालिलाइ पित्री शोक परेको छ ।


 बैजालिका बुवा गुनबहादुर बैजालिको आइतबार बिहान  ८ बजे ७१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

स्वर्गीय बैजालिको आइतबार नै स्थानीय साम्नेखोलाको ददेरी घाटमा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगरपालिका वार्ड न १ का उपाध्यक्ष खुविराम खनालले पार्टिको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव सुर्यनारायण खनाल प्रगतिशील पत्रकारसँघ नेपालका माधव खनाल  अखिल नेपाल जनजाति सम्मेलनका चन्द्रपाल गमाल नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार कासिराम गमाल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय गुनबहादुर बैजालिका दुई छोरा मध्ये जेष्ठ छोराको गत बर्ष असामयीक निधन भएको थियो भने बैजालिका हाल  श्रीमति एक छोरा दुई बुहारी छोरीज्वाइँ र नातिनातिना हुनुहुन्छ ।

अन्य समाचारहरु