वाङ्लामा फरक क्षमता भएकालाई सहायता सामाग्री कार्यक्रम सम्पन्न (फोटो, भिडिओ)

वाङ्लामा  फरक क्षमता भएकालाई सहायता सामाग्री कार्यक्रम सम्पन्न (फोटो, भिडिओ)

अनिल नेपाली

सन्धिखर्क, अर्घाखाँची ८ असार  । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ५ मा आज एक कार्यक्रमका बिचमा फरक क्षमता भएका अपाङ्गलाई सहायता सामग्री वितरण गरिएको छ ।


कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ५ का अध्यक्ष ऋषब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो  । 


सिर्जनशिल अपाङ्ग सरोकार केन्द्रको आयोजना कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सन्धिखर्क नगरपालिका वडा न ५ मा आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले समाजमा पछाडि परेका र आफ्नो शरीरले साथ नदिएकाहरुका लागि स्थानीय सरकार जहिले पनि उभिएको र समाजका हरेक वर्ग, लिङ्ग, जातजातिका जस्तासुकै समस्याहरू भए पनि समाधान गरी उनीहरूको सरल जीवनयापनमा वडाले जहिले पनि अग्रपङ्तिमा रहेर काम गर्ने बताउदै समाज परिवर्तनका लागि विशेष क्षमता भएका ब्यक्तिहरूको विकास अनिवार्य भएको भन्दै समाजले हेर्ने दृष्टिकोण अब बदल्नुपर्ने र त्यस्ता फरक क्षमता भएका ब्यक्तिहरूका लागि वडाले मात्रै नभएर समग्र राज्यले यसका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए ।


कार्यक्रममा जीवनद्दार माविका प्रधानाध्यापक नुम बहादुर भाट क्षेत्रीले राज्यले अपाङ्गलाई सपाङ्ग सरहको व्यबहार गरेर राज्यका हरेक निकायमा समानुपातिक रुपमा उपस्थिति गराउनको लागि जोेड दिए । कार्यक्रममा सहभागीको तर्फबाट मन्तब्य राख्दै अजुन मुखियाले अपाङ्ग मैत्री कार्यक्रम गाँउमा ल्याउदा सबैले न्याय पाउने बताउदै यस्ता कार्यक्रम लाई गाँउगाँउमा ल्याउनको जोड दिए । कार्यक्रममा सिर्जनशिल अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे राज्यले भौतिक विकासलाई मात्र प्राथमिकतामा नराखेर हरेक निकायलाई उपस्थिति गराउने गरी स्थानीय निकाय थप जिम्मेबार बनुपर्ने बताउदै अपाङ्ग बेरोजगार भएकोले अपाङ्गलाई जिविकोपार्जनको लागि तालिमको समेत व्यबस्था गनुपर्ने बताए । कार्यक्रममा १४ जना विधार्थीलाई कापी कलम स्कुल व्याक १३ जना हुलचियर ,शौचालय कुर्ची , कुर्ची लट्टी वितरण गरिएको थियो ।


राम्रो सँग हिडडुल गर्न नसकी अफ्यारो सँग जीवन बिताइरहेको अबस्थामा संस्थाले गरेको कामले आफुहरुलाई फाईदा भएको स्थानिय ५५ बर्षीय सादुराम बस्यालको भनाई रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता रोमा केसीको सञ्चालन नारायण खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीय बृद्धिजिवी जनप्रतिनिधि वडा सचिब अन्तमणि पौडेल पत्रकार लगायतको सहभागिता रहेको थियो ।
 

अन्य समाचारहरु