सन्धिखर्क र चुत्राबेशी क्षेत्रमा सरसफाइ गरि विश्व वातावरण दिवस मनाइयो (तस्बिर सहित)

 
सन्धिखर्क, अर्घाखाँची (२०७१ जेष्ठ २२ बिहीवार) । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क र चुत्राबेशी क्षेत्रमा सरसफाइ गरि विश्व वातावरण दिवस मनाइएको छ।
 
 
आज विहानै सन्धिखर्कमा चेतनामुलक प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले समेत सहभागिता जनाएका छन् ।
 
 
सरसफाई कार्यक्रममा जिल्लाका विभिन्न संघ, सस्था, राजनीतिक दलका प्रमुखहरुको उपस्थित रहेको थियो।
 
चुत्राबेशी बजारबासीलाई खोला किनारामा फोहरमैला नफाल्न र फोहर निशेधित क्षेत्र बनाउन आव्हान गरिएको थियो।
 
 
आज जुन ५, अर्थात् विश्व वातावरण दिवस । यस अवसरमा आज विश्वभरनै वातावरण संरक्षणमा चेतना फैलाउने विभिन्न कार्यक्रम गरिँदैछ । यसवर्ष नेपालमा विश्व वातावरण दिवसको सन्देश हिमाल बचाऔं, बाताबरण जोगाऔं भन्ने तय गरिएको छ ।
 
 
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । पृथ्वीमा प्रदूषण बढ्दा प्रकृति र मानवबीचको सम्बन्धमै ठूलो असर परिरहेको छ ।
 
 
मानव जातिले वातावरण बिगार्दा पृथ्वीका अरु प्राणी पनि मारमा परिरहेका छन् । जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण पृथ्वीमा गंभीर समस्याहरु देखिन थालेका छन् । हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ ।
 
 
वातावरणीय विनासका कारण अनावृष्टि र अतिवृष्टि हुने, ऋतु परिवर्तनसँगै हुनपर्ने अरु परिवर्तन नहुने, वनस्पती र जीवजन्तु लोप हुने जस्ता परिणाम देखिन थालेका छन् । वातावरणी विनासका कारण हिमालमा हिउँ नजम्ने, परेको हिउँ चाँडै पग्लने, हिमतालहरु फुट्ने, हिमाल नांगिने, वेमौसमी वर्षा, प्राकृतिक प्रकोप हुने क्रम पनि बढेको छ । विश्वभरका मानव समुदायले आज एक पटक फेरि साझा चासो र चिन्ता व्यक्त गर्दै यो दिवस मनाउन लागेका हुन् ।
 

अन्य समाचारहरु