सन्धिखर्कमा कांग्रेस प्रदेश सभा ‘ख’ को पहिलो बैठक सम्पन्न

सन्धिखर्कमा   कांग्रेस प्रदेश सभा ‘ख’ को पहिलो बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ को पहिलो बैठक सम्पन्न भएको छ ।


कांग्रेस प्रदेश सभा ‘ख’ को पहिलो बैठक बिपि स्मृति भवन सन्धिखर्कमा बुधवार सम्पन्न भएको हो । 

बैठकले मंसिर ३ गते भएको प्रदेश सभाको अधिबेशन भव्य र सभ्यताका साथ सम्पन्न गरि आफुहरुलाइ नया नेतृत्वमा निर्वाचित गरेकोमा निबर्तमान प्रदेश सभा ‘ख’ समितिका सभापति अच्युत गौतम सहितको सिङ्गो कार्य समिति, ३१ बटै वडा हरुका वडा सभापति सहित सिङ्गो कार्य समिती, सम्पुर्ण गाउँ तथा नगर पालिका सभापति सहित सिङ्गो कार्य समिती, सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको छ ।


बैठकले आफ्नो व्यवस्थित कार्यालय बनाउने र आगामी मंसिर १८ र १९ गते हुने लुम्बिनी प्रदेशको महाधिवेशनलाई भव्य र सभ्यताको साथ सम्पन्न गराउन आफुहरुले सक्ने सहयोग गर्ने निर्णय पनि गरेको छ । समितिको आगामी बैठक पार्टीको १४औं महाधिवेशन पछि पुन बस्ने छ । बैठक समितीका सचीव सुरज रायमाझीको संचालन र सभापति हेमन्त बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु