सन्धिखर्क- १२ मा डिभर्नाबासी गरिव, दु:खीका प्यारा नारायण खड्काले दोब्बर मतले जित्ने दावी

सन्धिखर्क- १२ मा डिभर्नाबासी गरिव, दु:खीका प्यारा नारायण खड्काले दोब्बर मतले जित्ने दावी

अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का गठबन्धनका पक्षले  आफ्ना उम्मेद्वार नारायण खड्काले दोब्बर मतले जित्ने दावी गरेका छन् । 


सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का गठबन्धनका पक्षले  आफ्ना उम्मेद्वार नारायण खड्काले दोब्बर मतले जित्ने दावी गरेका हुन् । 

गएको वर्षमा पुर्व वार्ड अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नारायण खड्काले आफुले पाएको तलब भत्ता गरिव, दु:खी, अपाङ्ग तथा समाजसेवामा लगाएका थिए ।

खड्काले नगरपालिकाबाट वार्ड अध्यक्षले पाएको सबै भत्ता स्थानिय गरिव, दु:खी, अपाङ्ग तथा समाजसेवामा लगाउदै आएका थिए । डिभर्नाका कृष्ण श्रेष्ठले भणे;  हामीलाई नारायण खड्का जस्तो उम्मेद्वारलाई भोट् नदिएर अरुलाई जिताए पाप नै लाग्छ । अहिले एमालेका प्राय मतदाताले नारायणलाई नै मत दिन्छन्।     

यस अगाडि कोरोनाको समय होस् कि पहिला नारायण खड्काले आफ्नो भत्ता बापतको पैसा गरिब दुखीलाई दिने प्रतिबद्दता व्यक्त गरेका थिए । उनले वार्ड नम्बर १२मा कोही विरामी पर्दा पनि अस्पतालमा उपचार गर्न पुराउने गर्दै आएका छन् ।  यहाँका लगभग सबै गाउँमा खानेपानी, बाटो पुराईसकेका छन् । उनी यहाँका हरेक गाउँ - घरमा पुगेका हुन्छन् ।

खड्काले आफ्नो पुरानो चुनावी प्रतिबद्दता अनुसार गरिव, दुखी अपाङ्गलाई सहयोग गर्दै आएको बताए । यस्तै खड्काले वार्डका साथै नगरपालिकामा हुने सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।   

जिल्लामा अन्य वार्डको तुलनामा खड्काले स्थानियबासीको मन जितेका देखिन्छन् । 

अन्य समाचारहरु