खाँचीकोट सामुदायिक बनमा लागेको भिषण आगलागी नियन्त्रण बाहिर


खाँचीकोट, अर्घाखाँची - २०७१ जेष्ठ ०८ बिहीवार ।  अर्घाखाँचीको खाँचीकोट बडा नम्बर - ८ लाम्चा धरम्पानी र खाँचीमैदान मुनी सल्लेरिको सामुदायिक बनमा भिषण आगलागी भएको छ ।
 
बुधवारबाट शूरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ ।
 
आगलागी नियन्त्रणका लागि नरपानी प्रहरी चौकीबाट प्रहरीको टोली एवम स्थानियहरुले आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरेतापनि नियन्त्रण हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थप प्रहरी परिचालन गरेको छ ।
 
साथै उक्त आगलागी भएको ठाउँ नजिक मानवबस्ती रहेको छ। आगलागीको कारणबाट भने खुल्न सकेको छैन ।

अन्य समाचारहरु