मालारानी गाउँपालिकाको आर्थिक बर्षको निति तथा कार्यक्रम भोली सार्वजनिक हुँदै

मालारानी गाउँपालिकाको आर्थिक बर्षको निति तथा कार्यक्रम भोली सार्वजनिक हुँदै

  सुर्य भुसाल  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको नवौ गाउँसभा अधिबेशन आर्थिक बर्ष २०७७/२०७८ को निति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्ने तैयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्ति भनभनेलीले जानकारी दिनु भयो ।

गाउँपालिकाको सभाहलमा स्थानिय सरकार सन्चालन एैन २०७४ बमोजिम स्थानिय सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  घर्तिले जानकारी दिनु भयो । 

आर्थिक बर्षको निति तथा कार्यक्रमले बिशेष गरि गाउँपालिकामा स्वास्थ्य शिक्षा कृर्षि पर्यटन खानेपानी बिधुत युवा स्वरोजगार दलित महिला अपाङ्ग लगायतका बिभिन्न महत्त्वपूर्ण क्षेत्रको बिकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम प्रस्तुत गर्ने मालारानीका  अध्यक्ष  बालकृष्ण आचार्यले जानकारी दिनु भयो   । 

अन्य समाचारहरु