अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान

           

अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।

मञ्चले रुपाकोटमझुवागढी नगरपालिका २ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका १ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका राजेन्द्र बिक र शुशीला मगर तथा खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको हो ।

अन्तरजातीय विवाह गरेर उनीहरुलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुस्ट २५ हजार प्रदान गरेको मञ्चका अध्यक्ष चाहारले बताए ।हामीले यो समाचार इमेजखबरबाट लिएका हौ ।

अन्य समाचारहरु