बाँगीमा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

बाँगीमा  माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


बाँगीमा २७ औ जनयुद्धको दिवसको अवसर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 

माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजेन्द्र भुसालको प्रमुख आतिथ्यमा विविध रिभन काटी उदघाटन गरिएको थियो ।  उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि एम बि पाण्डे बि बि खड्का सिता बिक तोरण थापा बिरेन्द्र बस्नेत भुपनारायण भुसाल ज्ञानेन्द्र पाण्डे स्याम आचार्य पत्रकार बिनोद खड्का, वार्ड अध्यक्ष शोभाकर भुसाल अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन टिलक टण्डन गरेका थिए । 

यसै बिच २७ औं जनयुद्ध दिवसको  अबसर पारी माओबादी केन्द्र  अर्घाखाँचीले आईतवार आफ्ना पार्टी कार्यालय स्थापना नभएका वडाहरुमा एकै साथ पार्टी कार्यालयहरु स्थापना गर्न  लागेको पार्टी जिल्ला संयोजक ठाकुर कुमार बिकले जानकारी गराएका छन् ।

अन्य समाचारहरु