पाल्पाली स्रस्टा शिव बस्यालको उपन्यास बिस्मिता वजारमा ।

पाल्पाली स्रस्टा शिव बस्यालको उपन्यास बिस्मिता वजारमा ।

पाल्पाली स्रस्टा शिव बस्यालको उपन्यास बिस्मिता वजारमा


डिआरजी सुमन


युटेनको विवाहपश्चात् मेरो बाँच्ने रहर मरेर जान थाल्यो प्रत्येक पलपलमा युटेनको यो आखिरी म्यासेज हेरिरहन्थेँ हजारौंपटक पढेँ, तर जतिपटक पढे पनि मेरो लागि सुनौलो लाग्दथ्यो आखिर म्यासेज लेख्दा युटेनका आँखा पक्कै पनि कति रोए होलान् मनमा उब्जिएका हजारौं प्रश्न मैले याद गर्न पनि नसक्ने भएँ छिनभरमै सोचेका कुरा केहीबेरमै बिर्सिन थालेँ अब पागलजस्तो हुन लागेँ युटेनका तस्बिर गरेका सम्वादबाहेक मसित अरु केही थिएन


अब जति छिटो संसारबाट बिदा लिन्छु तबमात्र युटेनसित भेट हुने पक्कापक्की भयो शरीरबाट चिसो पसिना खलखली आउन थाले मलाई नै थाहा भएन के हुँदै आज मेरै फोर्सले युटेन विवाह बन्धनमा बाधिइनँ तर पछिका दिन के कस्ता हुनेछन् त्यो मलाई जानकारी नहुने भयो



जिन्दगीमा अरुको कसैको भए तापनि बाँचुन्जेल सम्पर्कमा हुने कुरा गरेको युटेनको शब्द पनि खै झुटो थियो या साँचो उसको सिन्दुर हाल्ने बेलासम्म पनि मेरै पर्खाइमा रहेको बाटो हेरेका कुराले निक्कै नै मुटु चिर्‍यो चारैतिरबाट अब सम्पर्क हुने बाटाहरु बन्द थिए विकल्प केही थिएन

चिन्तामा आएर युटेनले त्यस्तो केही नराम्रो घटना पो गर्ने हो कि भनेर कुराहरु मनमा सलबलाउन थाले आफैले पालेको आपनो सन्तान अरु कसैलाई कन्यादन दिएजस्तो महसुस गरेँ हुन पनि त्यस्तै भयो अब युटेनको आखिरी म्यासेज आयो

यति गहिरो कुराहरु युटेनले पहिले नै बताएको भए सायद मैले अरु केही विकल्प निकाल्थें कि ? अब मलाई झन् चिन्ताले सताउन थाल्यो युटेनको लागि आखिरी चिठी लेखी सोसल साइटमा पोस्ट गर्ने मन बनाएँ यदि युटेनले नयाँ आइडी बनाएर मलाई सर्च गरिन भने यो चिठीले उसको मन अवश्य फर्काउनेछ

उसले माया गरिनँ आफ्नो जीवनसाथी सम्झेर तर मैले प्रेम गरेँ आफ्नो परिवारको हिस्सा सम्झेर

जुन ओइलाउँदै गएको &

पाल्पाली स्रस्टा शिव बस्यालको उपन्यास बिस्मिता वजारमा ।