अर्घाखाँचीमा चुनावी उत्सव, किरियापुत्रीदेखि लिएर जेष्ठ नागरिकसम्म मतदानमा सहभागी। छिटपुट बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै

अर्घाखाँचीमा चुनावी उत्सव, किरियापुत्रीदेखि लिएर जेष्ठ नागरिकसम्म मतदानमा सहभागी। छिटपुट बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै

अनिल नेपाली

सन्धिखर्क, अर्घाखाँची - सदरमुकाम सन्धिखर्कमा रहेका बजार सुनसान छन् । केही दिन अघि सम्म  निकै चहलपहल हुने अर्घाखाँची सदरमुकाम सन्धिखर्कका  गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । आजदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो । जनताको घर आँगनसँग जोडिने स्थानीय सरकार चयनका लागि मतदाता आआफ्ना घर तथा गाउँ बस्तीमा पुग्दा सदरमुकाम सन्धिखर्क छुुटै अनुहायीकोे रुपमा देखिएको छ । सडक सुनसान छन् । चोक चोकमा नागरिकमा एक प्रकारको उत्साह छ ।

नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वासका बीच आज मतदान भइरहेको हो । कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही कसैलाई बोकेर पनि नागरिकले ल्याएका छन् । अर्घाखाँची जिल्लामा पनि केही मतदान स्थलमा बाहेक अन्य ठाँउमा शान्तिपुुणर् मतदान भईरहेको छ

आमाको किरिया बसेका तीन दाजुभाइले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न २ बाट नेकपा एमालृेबाट मेयरका प्रत्यासि कृष्ण प्रसाद श्रेष्ठ लगायत अन्य २ दाजुभाईले २ मा रहेको अर्घाखाँची आबशीयबाट मतदान गरेका छन् यसबाट पनि निर्वाचनको महत्वलाई थप उजागर गरिदिएको छ । नेपालले आत्मसात् गरेको सङ्घीयता तीन तहको मान्यतामा आधारित छ । राष्ट्रियस्तरमा सङ्घीयरुपमा नेपाल सरकार, सात प्रदेश सरकार र स्थानीय तहको ७५३ वटा सरकार । यी तीनवटै सरकारलाई संविधानले स्पष्टरुपमा आआफ्ना दायरा र क्षेत्र छुट्याइदिएको छ । देशभरका ७५३ स्थानीय तहमा आज एकै चरणमा निर्वाचन भएको हो ।

कूल छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । जसअन्तर्गत आज अर्घाखाँची जिल्लामा ६१ वडा ६ स्थानीय तहको नयाँ नेतृत्वका लागि स्वतन्त्र र विभिन्न राजनितिक दलका उम्मेदरबार खुल्ला मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् । पहिला पहिला पञ्चायति व्यबस्था र बहुदलीय व्यबस्थाका लागि भएका चुनाबमा भन्दा आज लोेकतन्त्र र गणतन्त्र स्थापना भएपछि भएको चुनाबमा जनताले आफुले चुन्ने निर्वाचन प्रक्रिया साहै फराकिलोे भएको अर्घाखाँचीका बासिन्दाको भनाई रहेकोे छ ।


अन्य समाचारहरु