अर्घाखाँचीमा पहिलो पटक जिल्ला स्तरिय नृत्य प्रतियोगिता सुरु, उत्साह जनक सहभागिता

अर्जुन भुसाल

सन्धिखर्क, अर्घाखाँची जेठ १० । जिल्लामा  पहिलो पटक जिल्ला स्तरिय नृत्य प्रतियोगिता सुरु भएको छ । अर्घाखाँची युथ सेवाको आयोजनामा अर्घाखाँची डान्सीङ स्टार २०१४  सुरु भएको हो । प्रतियोगिता अन्र्तगतको पहिलो चरण शनिवार सम्पन्न भएको छ । ५२ जना सहभागि सो प्रतियोगिताको पहिलो चरणबाट ३२ जनालाई छनोट गरिएको छ ।
 
 
 
प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँबाट प्रतिसपर्धी भाग लिन आएका थिए । जिल्लामा रहेका प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको युथ सेवाका वरिष्ठ उपाध्यक्ष प्रदिप नेपालीले बताए । उनले प्रतियोगिताले धेरै प्रतिभाको सम्मान हुने बताए । राम्रो नृत्य गर्ने कलाकारहरु जिल्लाका विभिन्न ठाउँमा छन् उनले भने, लुकेर रहेका प्रतिभाको जर्गेना गर्ने राम्रो लक्ष्य हो । उनले ५२ जनाले प्रतियोगितामा भाग लिनु उत्साह जनक सहभागिता भएको बताए ।
 
 
दास्रो चरणको प्रतियोगिताबाट दश जना र अन्तिम चरणबाट एक जनालाई डान्सीङ स्टार घोषण गर्ने थुथ सेवाका प्रभक्ता नविन पन्थीले जानकारी दिए । दोस्रो चरणको प्रतियोगिता यही जेठ १६ गते र अन्तिम चरणको कार्यक्रम २३ गते हुने उनले बताए । प्रतियोगितामा छनोट भएका ३२ जनालाई थप प्रशिक्षित गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिने  कार्यक्रम संयोजक अमृत श्रेष्ठले बताए । उनले अन्तिम चरणको कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको सहभागितामा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । पहिलो चरणको कार्यक्रम सन्धिखर्क स्थित होटल डायमण्डमा भएको थियो । जिल्लामा भएको पहिलो जिल्ला स्तरीय नृत्य  प्रगियोगितामा सहभागि दर्शकहरु विभिन्न खाले नृत्यका झलकहरुबाट मनोरञ्जन लिएका थिए । प्रतियोगितामा विभिन्न नेपाली गितमा नृत्य गराइएको थियो ।
 
 
 
प्रतियोगिताका  आयोजना गर्नाले आफू भित्र रहेको कला प्रष्पोटित गर्न पाएको छनोट चरणमा प्रवेश गरेका ठाकुर सुनारले  बताए । प्रतियोगिता मार्फत छनोट हुँदा  निकै खुसी लागेको छ उनले भने, अब दास्रो चरणको लागि राम्रो सँग तयारी गर्छु । उनले ढाका टोपी दौरा सुरुवालमा सजिएर नेपाली पन झल्कने गितमा नृत्य गर्दा दर्शकले ताली बर्षाएका थिए ।
 
 
 
प्रतियोगितामा रामकुमार पिनाथोकी, आशिष गहराज, विज्ञान गहतराज, विश्व पन्थी, सुरुची रायमाझी, अन्मिका सारु,सागर पन्थी, शिव पाण्डे, निलम भुसाल, संगित  नेपाली, महेन्द्र विक, प्रतिक्षा भाट, सन्तोष तमाङ कौसिल्य गिरी, राजेन्द्र केसी, रविन भुसाल, रुचिका कर्माचार्य, श्रृष्टि बराल, सुपर्ण केसी, विन्दु जिएम लक्ष्मी केसी, स्नेहा केसी, संझना पौडेल ठाकुर सुनार गिता जिएम कल्पना घर्ती ,सपना आचार्य, मनिस गिरी, विकास मगर, प्रलिसा श्रेष्ठ कमल गिरी र रञ्जु जिसी रहेका छन् ।
 
 
प्रतियोगितामा आस्था कला केन्द्र वुटवलका कोडियोग्राफर  लोकेन्द्र र शाह र गोविन्द राइले जर्ज गरेका थिए । प्रतियोगिताका जर्ज शाहले जिल्लामा धेरै राम्रा प्रतिभाहरुको जन्म भएको भन्दै धेरैले नृत्यको धेत्रमा राम्रो संभावना बोकेको बताए । उनले छनोटमा पर्न नसकेका प्रतियोगिहरुले पनि प्रयास गरेमा आगामी दिनमा राम्रो कलाकार बन्न सक्ने बताए ।  
 
साथै उक्त प्रतियोगिताको अर्घाखाँची डट्कमले प्रत्क्षय भिडियो लाईभ गरेको थियो।
 

अन्य समाचारहरु