भारतको लुधियानामा हुने सांस्कृतिक कार्यक्रमको तयारी पुरा | नायक विराज भट्ट, पत्रकार डिआरजी सुमनलाई स्वागत

भारतको लुधियानामा हुने सांस्कृतिक कार्यक्रमको तयारी पुरा | नायक विराज भट्ट, पत्रकार डिआरजी सुमनलाई स्वागत

डिआरजी सुमन

लुधियाना (अर्घाखाँचीडट्कम) । भारतको लुधियानामा जनवरी १३ तारीख़का दिन आयोजित सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।


 कायक्रमकोलागी नेपाली सुपरस्टार नायक विराज भट्ट,स्वतन्त्र पत्रकार डिआरजी सुमन सहितको टिम लुधियाना पुग्दै गर्दा लुधियानाको प्रतिष्ठितएक होटलमा स्वागत भएको छ ।


बुधवार लुधियानामा आयोजित स्वागत समारोहमा समाजसेवी विकास रेस्मी, दिलिप वोलयार, दिलवहादुर थापा, विवि भण्डारी, खुमनजोसी, विक्रम गुप्ता, संजय दास, लगायतको उपस्थित रहेको थियो ।


जनवरी १३ विहिवार ११:३० वजे भरत नगर चौक स्थित गुरुनानक देव भवनमा आयोजित कार्यक्रम भव्य हुने आयोजक ले जनाएको छ । नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रीय स्तरमा चिनाउने उद्देश्य लिएर विभिन्न कार्यक्रम गर्दै आउनु भएका वरिष्ठ समाजसेवी तथा सफलव्यावसायि विकास रेश्मीको विशिष्ट आथित्यता रहने कार्यक्रममा पंजाबका पूर्व कैबिनेट मन्त्रि सरदार महेशईन्दर सिंह ग्रेवाल को प्रमुख आथित्यता रहने कार्यक्रम छ । 


नेपाली कला संस्कृतिको जगेर्ना गर्दै आएको डिपी सांस्कृतिक रंगमंचले समय समयमा भारत को विभिन्न शहरमा विविध सांस्कृतिककार्यक्रम गर्दै स्थापित भएको छ । - तस्वीर डिआरजी सुमन /लुधियाना ।

अन्य समाचारहरु